ℹ️
Success
सरस्वती मा वि डकाहा सिनियर NCC काे एकदिने Trekking सम्पन्न
Dec 19, 2025
Expires: Mar 31, 2026

दुधाैली नगरपालिका ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यमिक विद्यालय डकाहामा सञ्चालन भइरहेकाे सिनियर एन.सि.सि. का विद्यार्थी,प्रशिक्षक तथा शिक्षकहरू सहभागि भइ दुधाैली नगरपालिका र तिनपाटन गाउँपालिकाकाे सिमानामा रहेकाे एेतिहासिक महत्वकाे ढुंग्रेगढीसम्म पैदलयात्रा गर्दै ट्रेकिङ सम्पन्न भएकाे छ । एन.सि.सि. काे तालिम कार्यक्रम अन्तर्गत नै उक्त कार्यक्रम तय गरिएकाे यस विद्यालयका प्रधानाध्यापक लिल बहादुर श्रेष्ठले जानकारी गराउनु भएकाे छ । उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थी , २ जना प्रशिक्षक र ३ जना विद्यालयका शिक्षकहरू सहभागि हुनु भएकाे थियाे ।
This notice was last updated on: Dec 19, 2025