सरस्वती माध्यमिक विद्यालय, डकाहा
सरस्वती माध्यमिक विद्यालय डकाहा सिनियर एन.सि.सि. ट्रेकिङ सम्पन्न
समाचारहरू

सरस्वती माध्यमिक विद्यालय डकाहा सिनियर एन.सि.सि. ट्रेकिङ सम्पन्न

प्रकाशित मिति
December 19, 2025
अद्यावधिक
December 19, 2025

दुधाैली नगरपालिका ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यमिक विद्यालय डकाहामा सञ्चालन भइरहेकाे सिनियर एन.सि.सि. का विद्यार्थी,प्रशिक्षक तथा शिक्षकहरू सहभागि भइ दुधाैली नगरपालिका र तिनपाटन गाउँपालिकाकाे सिमानामा रहेकाे एेतिहासिक महत्वकाे ढुंग्रेगढीसम्म पैदलयात्रा गर्दै ट्रेकिङ सम्पन्न भएकाे छ । एन.सि.सि. काे तालिम कार्यक्रम अन्तर्गत नै उक्त कार्यक्रम तय गरिएकाे यस विद्यालयका प्रधानाध्यापक लिल बहादुर श्रेष्ठले जानकारी गराउनु भएकाे छ । उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थी , २ जना प्रशिक्षक र ३ जना विद्यालयका शिक्षकहरू सहभागि हुनु भएकाे थियाे । 

 

यो सामग्री साझा गर्नुहोस्

अन्तिम अद्यावधिक

यो सामग्री December 19, 2025 मा अद्यावधिक गरिएको हो।